काठमाडौं । अफगानिस्तानमा तालिबान सरकार गठनको अन्तिम चरणमा छ । यसैबीच पाकिस्तानी गुप्तचर संस्था (आईएसआई) प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद शनिबार बिहान काबुल पुगेका छन् ।

जनरल फैज तालिबान शूराको निमन्त्रणामा काबुल पुगेको रिर्पोट सार्वजनिक भएको हो । उनी तालिबानको नियन्त्रणपछि अफगानिस्तान पुग्ने पहिलो उच्च श्रेणीका विदेशी अधिकारी हुन् । तालिबान र पाकिस्तान बिचको मित्रता धेरै पुरानो भएको बताइन्छ ।

त्यसको अर्को कारण हक्कानी नेटवर्क र पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई बीचको निकटता पनि हो । यो बैठकमा, पाक–तालिबान सुरक्षा, आर्थिक व्यापार सम्बन्धको निकट भविष्यका बारेमा दुबै पक्षहरु बीच छलफल हुन सक्ने विश्वास गरिएको छ ।

दाबी गरिए अनुसार पाकिस्तानी सेनाले तालिबान नेतृत्वको अफगानिस्तानलाई सुरक्षाको क्षेत्रमा सहयोग र प्रशिक्षण दिनेछ । पाकिस्तान अवसरको फाइदा उठाउन चाहन्छ । पाकिस्तान अफगानिस्तानमा आएको कट्टरपन्थी सरकारलाई भारतको बिरुद्ध प्रयोग गर्न चाहन्छन् ।

त्यसैले यो भारतका लागी चिन्ताको बिषय हुन सक्ने विज्ञहरु बताउँछन् । अफगानिस्तानमा शरिया कानूनको आधारमा इस्लामिक सरकार गठनको घोषणा गर्न लागेको तालिबानले विवादित कश्मीरलाई लिएर भारतका विपक्षमा बयान जारी गरिरहेको छ ।

तालिबान प्रवक्ता सुहेल शाहीनले बीबीसी सँगको अन्तर्वार्तामा कश्मीरका विषयमा आवाज उठाउनु आफुहरुको अधिकार भएको बताएका थिए । तालिबान चीनको पनि धेरै नजिक भइरहेको छ ।

सम्बन्धित खबरहरु