काठमाडौ । अहिले नेकपा एमाले विभाजन गर्दा सबैभन्दा स्वाद नेपाली कांग्रेस र नेकपा माओवादीलाई स्वाद परेको छ ।

उनीहरुले तत्कालिने नेकपा एमालेलाई धुलोमा मिसाएका छन् आफ्नो पल्ला भारी बनाएका छन् ।

एमालेले (नेकपा हुँदा) (एकीकृत नेकपा माओवादी) सँग चुनावी तालमेल गर्दा गएको चुनावमा प्रत्यक्षमा ८० सिट जितेको थियो ।

८० मध्ये मात्र २९ सिटमा ५ हजार अन्तरले जितेका थिए । माओवादी छुट्टिएपछि २९ सिधै माइनस् गर्नुस् । नेपालमा मात्र ५ हजार माओवादी कार्यकर्ता नभएको कुनै पनि निर्वाचन क्षेत्र त पक्कै छैन ।

बाँकी रह्यो ५१ सिट । अर्को महत्वपूर्ण कुरा १०० पुग्न कहिले काँही ९७ लाई ३ अंकको खुब महत्व हुन्छ । मानौं अहिले माधव कुमार नेपाल समूहसँग ३ अंक मात्र छ । ३ अंक नहुँदा ९७ त्यहि पूर्ण बिराम लाग्छ ।

९८,९९ ले १०० को हैसियत पाउँदैनन् । यसैले माधव नेपालको समूह जित्नमा हैन हराउनमा पल्ला भारी गराउने तर्फ पक्का छ । बाँकी रह्यो ५१ सिट ।

यहि ३ अंकले माधव नेपाल समुहले कम्तिमा २५ सिटमा धक्का लाउछन् । कांग्रेस, माओवादीले दिए छुट्टै कुरा नत्र माधव नेपाल शून्य हो ।

उसको भूमिका धक्का लगाउन मात्र हुन्छ । एमाले नेताहरुलाई जानकारी होस् आगामी चुनावमा एमालेको प्रत्यक्षमा जित्ने भनेको बढीमा २६ सिट हो ।

हरेक चुनावमा काठमाडौंबाट १० लाख भन्दा बढी सर्वसाधारण गाउँ फर्किन्छन् । त्यसरि फर्किनेमा एमाले कार्यकर्ता पाँच लाख बढी हुन्छन् । आगामी चुनावमा एमाले कार्यकर्तालाई गाउँ फर्किने उत्साह पनि हुने छैन । यसो हुँदा अझै धक्का हुने देखिन्छ ।

सम्बन्धित खबरहरु