काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौं ल्याउन एमालेको सरकार हुनुपर्ने बताउनु भएको छ ।

अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी उहाँको छ ।

शनिबार एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने ठोकुवा उहाँले गर्नुभयो ।

मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरेको भन्दै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ भन्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले चाहिन्छ मेलम्ची ल्याउन अरुले ल्याउन सक्ने छैन ।’

आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन गरेको तर अहिलेको सरकारले काटेको ओलीले दावी गर्नुभयो ।

सम्बन्धित खबरहरु