काठमाडौं । काबुल विमानस्थल सञ्चालनमा आएको छ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको हो । अफगानिस्तानका लागि कतारका राजदूताबासले मानवीय सहयोग सङ्कलनका लागि काबुल विमानस्थल सञ्चालनमा ल्याएको छ ।

समाचार संस्था अलजजिराका अनुसार एक प्राबिधिक समूहले तात्कालका लागि सहयोग सङ्कलन गर्न विमानस्थल सञ्चालनमा ल्याएको छ । छिट्टै आम सर्वसाधारणले उपयोग गर्न पाउने गरी विमान सेवा सञ्चालनमा आउने बताइएको छ ।

काबुल विमानस्थलको रन वे अफगानिस्तानमा रहेका अधिकारीहरुसँगको समन्वयमा मरम्मत गरिएको छ । अमेरिकी सेनाले गत् अगष्ट ३१ को बिहान काबुल विमानस्थल छोडे यता विमान सेवा अबरुद्ध बन्न पुगेको थियो । संयुक्त राष्ट्र संघले खाद्य संकटले कम्तिमा दश लाख बालबालिका प्रभाबित भएको गत् साता बताएको थियो ।

तत्कालै मानवीय सहयोगको आवश्यकता रहेको जनाउँदै राष्ट्र संघले सहयोगका लागि अपील समेत गरेको थियो । तर मानवीय सहायता पुग्न कठीनाइ भएपछि तात्कालका लागि विमानस्थल मरम्मत गरी सञ्चालनमा ल्याइएको हो ।का

सम्बन्धित खबरहरु