काठमाडौं । नेपालमा कोरोनाभाइरसका थप १२६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् ।

अर्कोतिर संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । अहिले नेपालभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ पुगेको छ । मन्त्रालयका अनुसार २९ हजार ६५८ जना होम आइसोलेसनमा र २१६८ जना संस्थागत आइसोलेसनमा छन् ।

काठमाडौंमा २८९, कास्कीमा १४३, झापामा ७९, सुनसरीमा ६५, ललितपुरमा ५३, मोरङमा ४५, भक्तपुर र रुपन्देहीमा ४४र४४, बाँकेमा ३०, चितवनमा २६, मकवानपुरमा २५, कैलालीमा २३ जना र नवलपारी पूर्वमा ११ जना संक्रमित थपिएको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु