काठमाडौं । काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमित अझै सात हजार ६६३ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी चार हजार २३७ जना सक्रिय सङ्क्रमित छन् ।

गएको चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ३८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।

मन्त्रालयले काठमाडौंमा २८९, ललितपुरमा ५३ र भक्तपुरमा ४४ जना सङ्क्रमित पहिचान गरिएका जनाएको छ । मन्त्रालयले काठमाडौंमा हाल चार हजार २३७ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ ।

काठमाडौंमा हालसम्म दुई लाख ३७ हजार २१ जना सङ्क्रमित भएका छन् । काठमाडौंका दुई हजार ९६ जना सङ्क्रमितले हालसम्म ज्यान गुमाएका छन् ।

भक्तपुरमा हाल एक हजार ३२६ जना सक्रिय सङ्क्रमित छन् । भक्तपुरमा हालसम्म २७ हजार ८४२ जना सङ्क्रमित हुँदा ४२१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

ललितपुरमा हाल दुई हजार एक सय सक्रिय सङ्क्रमित छन् । हालसम्म ४६ हजार २०८ जना सङ्क्रमित हुँदा ६४४ जना सङ्क्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु