काठमाडौं । एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आलोचना गर्नुभएको हो ।

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले यस्तो बताउनुभयो ।

उहाँका अनुसार अहिले त्यसको विरोधमा उभिनु गलत भएको जानकारी गराउनुभयो ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा उहाँले महाकाली सन्धिमा ओली र रावलले राष्ट्रघात गरेको दावी गर्दै राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गरेको आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे भए पनि आज एमसीसीको विरोध गरिरहेको प्रतिकृया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् ।

मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो ।

भीम रावलको पोजिसन के थियो ?’ महाकाली सन्धिका बेला ओलीको पोजिसन के थियो भन्ने प्रश्न पनि उहाँले गर्नुभयो ।

नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणी गर्नुभयो ।

सम्बन्धित खबरहरु