काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गते दिउँसो ४ बजेका लागि संघीय संसदका दुबै सदनको बैठक आह्वान गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार सो अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । शनिबार सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको जानकारी दिनुभयो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’

एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । नेपाल सरकारले एमसीसीसँग सम्झौता गर्दाको समझदारीअनुसार संसद्बाट अनुमोदन गराउने÷नगराउने विषयमै अल्झिँदा परियोजना कार्यान्वयन सुरु भएकै छैन । ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजना अघि नबढेपछि अमेरिकाले उच्च चासो व्यक्त गर्दै आएको छ ।

सम्बन्धित खबरहरु