२०७८ भदाै २० गते, आइतवार, ५ सेप्टेम्बर २०२१। भाद्र कृष्णपक्ष, त्रयाेदशी तिथि (६ः५७ बजेदेखि चतुर्दशी), अश्लेषा नक्षत्र (१८ः१४ बजेदेखि मघा), चन्द्रराशि– कर्कट, १८ः१४ बजेदेखि सिंह।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर अनुभूति हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । अनावश्यक भ्रमण हुन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सवारीमा सावधानी अपनाउनु होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) कामका सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ । कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ, तर मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला ।

सम्बन्धित खबरहरु