एजेन्सी । आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणुरोधी, एन्टिसेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ ।

यीनै मध्ये एक हो ल्वाङ ( cloves ), जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो ।

यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ ।दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ ।

राति सुत्नुअघि नियमित ल्वाङ सेवन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ । सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्छ ।थुप्रै प्राकृतिक औषधि ल्वाङबाट बनाइन्छन् ।

यसको तेल निकालेपछि पसलेहरू यसलाई बेच्नका लागि बजारमा ल्याउँछन् । जब कि तेलबिनाको ल्वाङ कामलाग्दो हुँदैन ।

तपाईंले ल्वाङमा चाउरी परेको वा चिरा परेकोजस्तो पाउनुभयो, पुष्ट पाउनुभएन भने सम्झनुस् कि त्यसबाट तेल निकालिएको छ ।

सम्बन्धित खबरहरु