काठमाडौ । अखिल (क्रान्तिकारी), युवा संगठन नेपालले सरकारको विरुद्धमा प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पसअगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनीमा उत्रिएकाहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

उनीहरुले देउवाको तस्विर अंकित प्लेकार्डमा कठपुतली सरकार मुर्दावाद नारा लेखेका छन् । त्यस्तै, मोदीको तस्विर अंकित प्लेकार्डमा भने भारतीय विस्तारवाद मुर्दावाद लेखेका छन् । र, माधव नेपालको तस्विर अंकित प्लेकार्डमा भने कठपुतली सरकारको मतियार लेखिएको थियो ।

उनीहरुले नेपाली सीमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयको प्रवक्ताको नेपालप्रति हेपाहा अभिव्यक्ति र जयसिंह धामीकोमृत्यु प्रकरणको विरोधमा प्रदर्शनको आयोजना गरेका हुन् ।

सम्बन्धित खबरहरु