काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ( The Millennium Challenge Corporation (MCC)  ) बिरुद्ध चुइक्क नबोल्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न र नबोल्न अनुरोध भन्दै सूचना नै जारी गरेर सरकारले जनतालाई चेतवानी दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आम नागरिकमा यस्तो सूचना प्रवाह गरेको हो ।

‘मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र कार्यरत कर्मचारी, विदेशी नागरिक तथा उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चारमाध्याम र सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा चेतवानीपूर्ण अभिव्यक्ति आइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा विकास आयोजना कर्याान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न र नगराउन भनेको छ ।

त्यस्ता अभिव्यक्ति तथा गतिविधिको मन्त्रालयले सुक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने गरिरहेको र त्यस्ता गतिविधि गर्ने विरुद्ध कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी पनि दिएको छ ।

यो सूचना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धीत छ । सरकारले एमसीसी तत्कालै संसदबाट अनुमोदन गराउने तयारी गरेको छ । यसका लागि सूचना प्रकाशन र प्रशारणमा व्यापक खर्च गरिएको छ ।

सम्बन्धित खबरहरु