काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नेपालको कुनै पनि सीमा विवाद नरहेको धारणा व्यक्त गर्नुभएको छ ।

File Photo

पूर्वप्रधानमन्त्री ओलीले चीनसँगको सीमा अध्ययन गर्न समिति बनाएर मित्र राष्ट्रसँग अनावश्यक विवाद निकाल्ने प्रयास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चीनसँग सीमा विवाद छैन । चुनौती दिएर भन्न चाहन्छु, यो समितिले सीमा विवाद देखाओस् ।

कसलाई खुसी पार्न समिति बनाएको ?” उहाँले अमेरिकी सहायता परियोजना एमसीसी झुक्याएर पारित गर्न लागेको समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “एमसीसीबारे बोल्दैनन्, भन्दैनन् । झुक्याएर पास गर्न लागेका छन् ।

एमसीसीबारे गठबन्धन दलले बोल्नुपर्दैन ? जनतालाई बताउनुपर्दैन ?” नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीद्वारा शनिबार राजधानीमा आयोजित भेलामा अध्यक्ष ओलीले आगामी निर्वाचनको तयारीमा जुट्नसमेत कार्यकर्तालाई आग्रह गर्नुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु