काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरूरी सूचना प्रकाशित गरेको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालय अनुसन्धान निर्देशनालय, कीर्तिपुरद्धारा सूचना जारी गरिएको हो ।

त्रिवि निर्देशक, अनुसन्धान निर्देशनालयले सूचना प्रकाशित गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालय, कीर्तिपुरद्वारा आ.व. २०७८÷०७९ को नियमित कार्यक्रम अन्तर्गत स्वीकृत जम्मा १०० वटा लघु अनुसन्धान परियोजना संचालनका लागि त्रि.वि. शिक्षक÷कर्मचारीहरूबाट मिति २०७८ साल कार्तिक १० गते दिउँसो ४ः०० वजे भित्र यस निर्देशनालयमा आइपुग्ने गरी प्रस्ताव आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । साथै विस्तृत जानकारीका लागि website: www.tu.edu.np हेर्नुहोला ।’

यो पनि, मकवानपुरमा पछिल्लो समय कारोना भाइरस सङ्क्रमण दर घट्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञाको स्वरूप परिवर्तन गरी निषेधाज्ञाको समय लम्ब्याएको छ ।

जिल्ला सुरक्षा समिति मकवानपुरको निर्णयअनुसार निषेधाज्ञा शनिबार राति १२ बजेबाट भदौ ३१ गते राति १२ बजेसम्म लागू हुनेछ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कोभिड–१९ को जोखिम निययन्त्रण गर्न स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार परिमार्जन गरी समय थप गरिएको बताउनुभयो ।

प्रजिअ पाण्डेले निषेधाज्ञा जारी गर्दै घरबाट बाहिर निस्कनु पर्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न र भीडभाड गर्न नपाइने बताउनुभएको छ ।

खाद्यान्न तथा गैर खाद्यान्नका पसल, होटल, खाजाघर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र खोल्न पाइने र होटल तथा लजहरू ५० प्रतिशतमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाइनेछ ।

सम्बन्धित खबरहरु