संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निमार्ण अब प्रक्रियाबाट अघि बढ्ने भन्दै संविधान सभामा प्रश्नावली समिति बनाएपछि त्यसले नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ ।
संवाद समितिका विवादित विषयमा समाधान खोज्न भन्दै आइतबार संविधान सभामा प्रश्नावली समिति गठनसँगै एकीकृत नेकपा माओवादीसहितको संविधानसभा भत्रका १९ दलको लोकतान्त्रिक मोर्चाले साँझ देशका विभिन्न स्थानमा जुलुस प्रदर्शन गरेको छ ।
संविधानसभामा विपक्षी दलहरुको विरोध र नाराबाजीकाबीच राखेको प्रश्नावली समिति गठनको प्रस्ताव बहुमतले पारित भएको थियो ।
त्यसलगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले नेम्वाङको कदम गलत भएको भन्दै देशव्यापी रुपमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । यस्तै विपक्षी दलहरुले उक्त कदम नसच्चिएसम्म सत्तारुढ दलहरुसँग वार्ता नगर्ने समेत निर्णय गरेका छन।
बहुमतको दम्भ देखाउँदै संविधानसभालाई विभाजित गरेको भन्दै एमाओवादी नेतृत्वको मार्चामा आवद्ध दलहरुले विरोध प्रदर्शन गरेका हुन् कतिपय ठाउँमा सभाध्यक्ष नेम्वाङको पुत्ला समेत जलाइएको छ । विरोध स्वरुप देशैभरी रोँको सल्काएर विरोध गरिएको थियो ।