काठमाडौं । नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच लडाँई भएको छ । ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच लडाँई भएको हो ।

कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कुटाकुटमा परिणत भएको प्रहरीले जानकारी दिएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको बताउनुभयो । उहाँका अनुसार त्यो आन्तरिक समस्या थियो । अहिले साम्य भइसकेको छ ।

गुनासोहरुलाई लिखितरुपमा बुझाउन भनेपछि विवाद समाधान भएको हो । अहिले कारागारमा कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको उल्लेख गरिएको छ ।

यो पनि, नेपाली काँग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले १४ औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्नुभएको रिट आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा आइतबार उक्त रिटको पेशी तोकिएको थियो । बागमती प्रदेशसभा सदस्य वैद्यले दायर गर्नुभएको उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

कोभिड महामारीको समयमा महाधिवेशन गर्दा कोभिड सङक्रमणको सम्भावना उच्च रहेकोले कोभिड नियन्त्रणमा आएपछि मात्र अधिवेशन गर्न माग गर्र्दै गत बिहीबार वैद्यले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु