काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुग्नु भएको छ । उहाँ नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न रंगशाला पुग्नु भएको हो ।

आइतबार अपरान्ह उहाँ फुटबल हेर्न दशरथ रंगशाला जानुभयो । यता, गृहमन्त्री बालकृष्ण खाण पनि खेल हेर्न दशरथ रंगशाला पुग्नु भएको छ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल जारी छ ।

नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दशरथ रंगशालामा भइरहेको खेलमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गर्नुभएको छ । उहाँले सुमन अर्याल, अन्जन विष्ट र नवयुग श्रेष्ठको ठाउँङ्गँ सुजल श्रेष्ठ, मनिष डाँगी र आशिष लामालाई पहिलो रोजाइमा खेलाउनु भएको थियो । तर मनिष र आशिषले पहिलो हाफमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफ सकिनु दुई मिनेटअघि अलमुताइरीले आशिष र सुमन लामाको स्थानमा विशाल राई र अन्जन विष्टलाई मैदानमा पठाइएको छ । यसअघि गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

सम्बन्धित खबरहरु