काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको हो । त्रिभुवन विश्वविद्यालय पशु चिकित्सा तथा पशुपालक स्नातक तहको विद्यार्थी भर्ना सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।

त्रिविले एक सूचना जारी गर्दै भनेको छ, ‘यस अध्ययन संस्थानअन्तर्गत शैक्षिक वर्ष २०७७÷७८ को लागि पक्लिहवा क्याम्पसमा सञ्चालन हुने पशु चिकित्सा स्नातक तहको शैक्षिक कार्यक्रममा अध्ययन गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक विद्यार्थीहरूको लागि मिति २०७८।०५।२० गतेबाट आवेदन दिन सकिनेछ ।

आवेदकले सूचना माग भए अनुसारका विवरणहरु अनलाइन अपलोड गरी पठाउनु पर्नेछ । त्रिवि बाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह उत्तिर्ण गरेका आवेदकहरुले भर्नाको समयमा समकक्षताको सक्कल प्रमाणपत्र पेश गर्नुपर्नेछ ।’

त्रिविद्धारा फारम भर्दा ध्यान दिनुपर्ने कुराहरु पनि उल्लेख गरिएको छ । आवेदन अनलाइनबाट मात्र दिन पाइनेछ । आवेदनमा समावेश गरिएको फोटो, तथ्यांक, प्रमाणपत्रजस्ता कागजात जानकारीहरु झुठो वा अपुग भएमा अयोग्य हुनेछन् । तसर्थ कागजातहरु पूरा भएपछि मात्र आवेदन दिन जानकारी गराईन्छ । भर्ना सम्बन्धी विस्तृत जानकारी तल दिएको छ ।

सम्बन्धित खबरहरु