काठमाडौं । नेपाल–भारतबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले २–१ को हार व्यहोरोको छ । यस अघि भदौँ १७ गते भएको पहिलो खेलमा नेपाल र भारत १–१ को बराबरीमा रहेका थियो ।

यस्तै, नेपालको राष्ट्रिय फुटबल टोलिका गोलरक्षक किरण चेम्जोङ भारत बिरुद्धको मैत्रीपूर्ण खेलमा नयाँ कीर्तिमान बनाउनुहुने भएको छ ।

दशरथ रङशालाको फुटबल मैदानमा प्रवेश गरे लगत्तै उहाँले नेपालको तर्फबाट सर्बाधिक फुटबल खेल्ने खेलाडीको कीर्तिमान बनाउनुहुनेछ ।

भारत बिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटलब स्पर्धा दशरथ रङशालामा सुरु हुँदैछ । कप्तान किरणले नेपालको प्रतिनिधित्व गर्दै आफ्नो ७४ औं फुटबल खेल खेल्नुभएको छ ।

यसअघि उहाँले मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा उत्रदा नेपालका पूर्ब कप्तान बिराज महर्जनको कीर्तिमानको बराबरी गर्नुभएको थियो ।

बिराजले थ्री नेशन्स कप फुटबलमा अन्तर्राष्ट्रिय फुटबलको सर्बाधिक खेलमा नेपालको प्रतिनिधित्व गर्ने कीर्तिमान बनाउनुभएको थियो ।

१३ वर्षे लामो फुटबल ‘क्यारियर’पछि किरणले बिराज महर्जनको कीर्तिमान भङ्ग गर्नुभएको हो ।

किरणले सन् २००८ मा एएफसी कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्दै मकाउ बिरुद्ध ‘डेब्यु’ गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु