काठमाडौं । गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन । चट्याङ्ग लागेर स्थानीय विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था भने गम्भीर रहेका छ ।

गम्भीर अबस्थामा रहेका तीनैजनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल सोबरु पुर्याईएको छ । चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको बेतिनीका वडा अध्यक्ष दामोदर धमलाले जानकारी दिनुभयो ।

चट्याङले लागेर बेहोस भएका मध्ये चार जनाको पछिल्लो अबस्था सामान्य रहेको र तीन जनाको अबस्था भने गम्भिर रहेको उहाँको भनाई छ । चट्याङले लागेर स्थानीयका एक दर्जन बढि घरमा क्षति पुगेको छ । आधा दर्जन बढी दुहुना भैसी, गाई तथा अन्य पशु चौपाया मरेको वडा अध्यक्ष धमलाले बताउनुभयो ।

घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयवाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको क्षतिको विस्तृत विवरण भने आउन बाकी रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबरहरु