काठमाडौं । त्रिविको दीक्षान्त समारोहका लागि सोमबार (आज)देखि अनलाइन आवेदन खुला गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन सुरु गर्न लागेको हो ।

सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने त्रिविले जानकारी दिएको छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।

यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी रहेको छ ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने ४७ दीक्षान्त समारोहमा भाग लिन माथि उल्लेख भए बमोजिमका तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका इच्छुक विद्यार्थीहरुले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा मिति २०७८ साल भाद्र २१ गतेदेखि मिति २०७२ साल आश्विन २० गते सम्ममा आइपुग्ने गरी निम्न अनुसार रित पु¥याई आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु