काठमाडौं । तालिबानले पञ्जशीर प्रान्त पनि आफ्नो हातमा लिएको बताएको छ । अफगानिस्तानमा तालिबानलाई कडा प्रतिस्पर्धा दिइरहेको पञ्जशीर प्रान्त आफ्नो हातमा लिएको तालिबानले दाबी गरेको हो । अन्ततः हारको सामना गर्नु परेको छ ।

पञ्जशीरबाट आइरहेका केही तस्वीरहरु पनि बाहिर आएका छन् । तालिबान आफैंले पनि पञ्जशीर आफ्नो पक्षमा लिएको दाबी गरेको छ । केही तस्बिरहरु पनि आएका छन्, जसमा पञ्जशीरमा तालिबानको झण्डा लगाइएको छ ।

तालिबानी पञ्जशीर गभर्नर कार्यालय बाहिर उभिएको देखिन्छ । तर, अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहका निकट सहयोगीले तालिबानको दाबी झुटो भएको बताएका छन् । प्रतिरोध शक्तिले पञ्जशीरलाई पहाडबाट बचाइरहेको उनको भनाई रहेको छ ।

यो दाबी गरिएको छ कि पाकिस्तानी वायु सेनाले पनि उनीहरुमाथि कारबाही गरिरहेको छ । तर तालिबानका प्रवत्ताले पाकिस्तानको संलग्नता भएको भन्ने कुरालाई झुटो भनेका छन् । तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानको पञ्जशिर प्रान्त पनि पूर्ण रुपमा लिएको बयान जारी गरेका छन् ।

सम्बन्धित खबरहरु