काठमाडौं । विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान क्रिकेट बोर्डले टोलिको घोषणा गरेको छ । टी ट्वान्टी विश्वकप आगामी अक्टोबर महिनामा यूएई र ओमानमा हुनेछ । ओपनर ब्याट्सम्यान शर्जिल खान र अलराउन्डर फहीम अशरफ टोलिबाट बाहिरिनुभएको छ ।

आसिफ अलि र खुशदील शाह टोलिमा अटाउनुभएको छ । १५ सदस्यीय टोलि घोषणा गर्नुका साथै पाकिस्तान क्रिकेट बोर्ड पत्रकार सम्मेलन गरी तीन जना आरक्षित खेलाडी समेत राखिएको जनाएको छ । उसमान कादिर, शनवाज दहानी र फखार जमान आरक्षित खेलाडीको सूचीमा रहनुहुनेछ ।

बाबर आजमको नेतृत्वमा घोषित टोलिमा शदाब खान, मोहम्मद रिजवान, सोहैब मकसूद, आजम खान, मोहम्मद हफिज, मोहम्मद नवाज, मोहम्मद वसिम जुनियर, शाहीन अफ्रिदी, हरिस रौफ, हसन अलि, इमान वसिम र मोहम्मद हस्नैन हुनुहुन्छ ।

सम्बन्धित खबरहरु