काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरिएको छ । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको हो ।

दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि दहन गरिएको थियो ।

सोही विषयलाई लिएर गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । सरकारले विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनको हर्कतलाई लिएर आपत्ति जनाएको थियो ।

सोही विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला दहन गरेको हो । अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको छ ।

अनेरास्ववियूले दार्चुला घटनाको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । तर गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर छिमेकी देशको प्रधानमन्त्रीविरुद्ध प्रदर्शन नगर्न चेतावनी दिएको थियो । विद्यार्थीहरुले एमसीसीको पनि विरोध गरेका छन् ।

सम्बन्धित खबरहरु