काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको हो ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७७ साल फागुन महिनामा सञ्चालन भएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय दोस्रो वर्ष तेस्रो सत्र २०७५ को नियमित तथा सोही सत्रको सोभन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको छ ।’

त्रिविका अनुसार लब्धाङ्कपत्र सम्बन्धित क्याम्पस÷कलेजबाट प्राप्त हुनेछ । त्रिविले परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखेर प्रकाशित गरिएको भन्दै छपाई तथा अन्य कुनै कारणबाट समस्या देखिएमा कार्यालयको अभिलेख बाट सच्चाउने व्यहोरा अवगत गराएको छ ।

पुनर्योग गर्न चाहने विद्यार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र आवेदन दिनुपर्नेछ । नतिजा तल हेर्न सक्नुहुन्छ

सम्बन्धित खबरहरु