काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौंले परीक्षा स्थगित गरिएको सम्बन्धि अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको हो ।

त्रिविले कृषि स्नातक तह चौथो सत्रका विद्यार्थीहरूको परीक्षा स्थगित गरिएकोबारे सूचना जारी गरेको हो ।

परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘यस अध्ययन संस्थानको परीक्षा नियन्त्रण मशाखाद्वारा २०७८ साल भाद्र १५ गते प्रकाशित कृषि स्नातक चौथो सत्रान्तको नियमित परीक्षा मिति २०७८८।०६।०४ गतेबाट सञ्चालन गर्ने सूचना प्रकाशित भएतापनि धेरैजसो क्याम्पस तथा कलेजहरुमा सैद्धान्तिक कक्षाको पठनपाठन पूरा नभएको र प्रयोगात्मक कक्षाहरु पनि सम्पन्न भई नसकेको र मिति २०७८।०५।२० गते देखि २०७८।०६।०३ गतेसम्म कोभिड–१९ को कारणबाट रोकिएका परीक्षाहरु र पुनः परीक्षा सञ्चालनमा रहेकोले अध्ययन गर्ने समय अभावको कारण देखाउँदै चौथो सत्रको आश्विन ४ गतेदेखि सञ्चालन हुने परीक्षा तालिका परिवर्तन गरी मिति सार्न माग भई आएकोले र सम्बन्धित क्याम्पस प्रमुखहरूको सिफारिस पत्र समेत प्राप्त भएको आधारमा सो परीक्षालाई हाल स्थगित गरिएको व्यहोरा जानकारी गराईन्छ । परीक्षातालिका पछि प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

सम्बन्धित खबरहरु