काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल–नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंग उल्लेख गर्दै ओलीले जवाफ फर्काउनु भएको हो ।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालिन प्रधानमन्त्री ओलीविरुद्ध जथाभावी बोलेको भन्दै तत्कालीन सरकारले गिरफ्तार गर्ने चर्चाकाबीच झाँक्रीले त्यस्तो बयान दिनु भएको थियो ।

प्रदर्शनीमार्गमा बोल्न पाइन्छ भन्दै प्रदर्शन गर्नुभएको थियो । अहिले झाँक्रीको दल नेकपा एकीकृत समाजवादी (एस) सम्मिलित सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विरोध प्रदर्शन नगर्न र पुत्ला दहन नगर्न चेतावनी दिएको छ । यसबीच ओलीले झाँक्रीलाई प्रश्नसहित जवाफ दिनुभयो ।

अध्यक्ष ओलीले आफैले टाँसेको टेप, मास्क फुत्त फालेर फिल्मी स्टाइलमा चट चट फालेर बोल्न पाइन्छ भनेको प्रशंगलाई याद गराउँदै भन्नुभयो, ‘अहिले म सोध्न चाहन्छु, तिनीहरु, तिनीहरुको सरकारलाई, देशको बारेमा, राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? देशकोबारे, राष्ट्रियताकोबारेमा बोल्न पाउनुपर्छ ।’ ओलीले त्यति बेला झाँक्रीले छाडा बोलेको भन्दै आक्रोश पोख्नुभयो ।

सम्बन्धित खबरहरु