वि.सं.२०७८ साल भदौ २२ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष ।

तिथि–औशी, बिहान ०६ बजेर २५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी, बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– सिद्ध, बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त साध्य ।

करण– नाग, बिहान ०६ बजेर २५ मिनेट उप्रान्त किष्तुध्न, बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त बव । आनन्दादिमा–धुम्र योग ।

चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १७ मिनेट । दिनमान ३१ घडी १७ पला । कुशेऔंशी । गोकर्णस्नानम् । बाबुको मुख हेर्ने । हलोबार्ने । मन्वादि । गुँलाधर्म समाप्ति । मोतिजयन्ती । निजामती सेवा दिवस ।

मेष- चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा अविश्वास बढ्ने तथा पति पत्नीबीच एक अर्कालाई शङ्काको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ ।

वृष-ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूका लागि भने समय उत्तम रहेको छ ।

मिथुन-का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ ।

कर्कट-ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह-मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शुभचिन्तकको सहयोगले चिताएको कामहरू सम्पादन हुनेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ ।

कन्या-टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धी कामहरूबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

वृश्चिक-तो,ना,नी,नू,ने,नो,या,यी,यू) आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ ।

धनु-ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्यम रहेकोले कुनै पनि काम गर्दा राम्रो सँग सोचेर मात्र अगाडि बढ्नुहोला । सरकारी काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

मकर-भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ऋण,रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरू साघुरा हुनेछन् । यात्रा गर्दा सावधानी अपनाउनु होला आजको दिन मध्यम रहेको छ ।

कुम्भ-गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो क्षमता प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ ।

मीन-दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ ।

 

सम्बन्धित खबरहरु