काठमाडौ । पहिरोका कारण काठमाडौ भित्रिने र बाहिरिने नाका ठप्प भएको छ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो ।

पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनुभयो । पहिलो निक्कै ठूलो भएको जानकारी आएको छ ।

केही दिन नै लाग्न सक्छ । पहिरोले बाटो अवरुद्ध हुँदा ठूलो जाम परेको छ । ३ किलोमिटरसम्म सवारीहरु थुप्रिएका छन् । अझै सवारीहरु आउने र जाने क्रम कायम रहेकाले निक्कै लामो जाम हुने अनुमान गरिएको छ ।

 

सम्बन्धित खबरहरु