काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ ।

त्रिवि सेवा आयोगको कार्यालय बढुवा प्रतियोगिताद्वारा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित भएको हो ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायको लागि निम्न लिखित पदहरू कार्यक्षमताको आधारमा बढुवा तथा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि तोकिएको शैक्षिक योग्यता र पदोन्नति हुने पदको श्रेणीभन्दा एक तह मुनिको श्रेणीको पदमा न्यूनतम ५ (पाँच) बर्ष स्थायी सेवा अवधि पुरा गरेका सम्बन्धित सेवा समूहका कर्मचारीहरू बाट मिति २०७८।५।२२ देखि मिति २०७८।६।२५ गते रातको १२ः०० बजे भित्र (दोब्बर दस्तुर तिरेर मिति २०७८।७।०४ गते रातको १२ः०० बजे भित्र) त्रि. वि. सेवा आयोगको वेवसाइट www.tuservicecommission.edu.np मा अंकित अनलाइन दरखास्त आह्वान गरिन्छ ।

म्याद नाघी प्राप्त हुन आएका र रित नपुगेका दरखास्त उपर कुनै कार्यवाही हुने छैन । आवश्यक न्यूनतम योग्यता र अन्य विवरण आयोगको वेवसाइटमा राखिएको छ ।’

सम्बन्धित खबरहरु