काठमाडौं । नेपालमा एमसीसीलाई लिएर निकै विरोध प्रदर्शन भइरहेको छ । यो बीचमा नेपाल सरकारले एमसीसीको विरोध गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिईरहेको छ । तर अमेरिकाले भने एमसीसीबारे बहस गर्ने छुट सबैलाई रहेको बताएको हो ।

नेपालमा एमसीसी सम्झौतालाई लिएर भईरहेको बहसप्रति लक्षित गर्दै काठमाडौंस्थिति अमेरिकी दूतावासले ट्वीटर मार्फत तथ्यमा आधारित बहस गर्न सबैलाई छुट रहेको र आफ्नो देश अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको हो । दूतावासको ट्वीटरमा भनिएको छ, ‘एमसीसी सम्झौताबारे तथ्यमा आधारित बहस र अभिव्यक्ति स्वतन्त्रताको हामी दृढ समर्थन गर्दछौँ ।’

अर्कोतिर दूतावासले ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आत्मा हो भन्दै अमेरिका दशकौंदेखि नेपाल र नेपाली जनताको समृद्धिको साझेदार रहेको जनाएको छ । नेपालको गृह मन्त्रालयले भने गत शनिबार एमसीसीमाथि जथाभावी बहस र टिप्पणी नगर्न सार्वजनिक चेतावनी दिएको थियो ।

सम्बन्धित खबरहरु