काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ कार्यान्वयनमा आएसँगै मन्त्रीहरुको मासिक तलब वृद्धि भएको छ । सोमबार नेपाल राजपत्रमा जारी भएको तलबमानअनुसार साउन १ देखि नै मन्त्रीहरुको तलब बढेको छ । यसबारे अर्थ मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै पदाधिकारीको तलबमान सार्वजनिक गरेको छ।

सोही अनुसार पदाधिकारीहरुको तलबमान समेत वृद्धि भएको हो । अर्थ मन्त्रालयका अनुसार नेपाल सरकारले ३ भदौमा नेपाल सरकारका विभिन्न ओहदाका पदाधिकारीको तलबमान निर्धारण गर्ने निर्णय गरेको छ ।

यो बढेको तलबमान १ साउनबाटै कार्यान्वयनमा आउने छ । अर्थले भने सोमबार राजपत्रमा प्रकाशित गर्दै पदाधिकारीको तलबमान सार्वजनिक गरेको हो । यस्तो छ बढेको तलब

  • उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० रुपैयाँ
  • मन्त्रीको तलब भने ७२ हजार ७३० रुपैयाँ
  • राज्यमन्त्रीको तलब ६९ हजार ३० रुपैयाँ
  • सहायक मन्त्रीको तलब ६७ हजार ५ सय ३० रुपैयाँ
  • प्रतिनिधि सभाका उपसभामुखको तलब ७२ हजार ७ सय ३० रुपैयाँ
  • आयोगका उपाध्यक्षको तलब ७२ हजार ७ सय ३० रुपैयाँ
  • विपक्षी दलका नेताको तलब ७२ हजार ७ सय ३० रुपैयाँ
  • संघीय संसदका मुख्य सचेतकको तलब ७२ हजार ७ सय ३० रुपैयाँ
  • संघीय संसदको सत्ता पक्षको सचेतकको तलब ६९ हजार ३० रुपैयाँ
  • संघीय संसद समितिका सभापतिको तलब ६९ हजार ३० रुपैयाँ
  • संघीय सांसदको तलब ६६ हजार ७० रुपैयाँ
  • प्रदेश प्रमुखको तलब ७६ हजार २ सय ४० रुपैयाँ
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्षको तलब ६९ हजार ३० रुपैयाँ
  • राष्ट्रिय योजना आयोगका सदस्यको तलब ६७ हजार ५ सय ३० रुपैयाँ
  • सर्वोच्चका प्रधानन्यायाधीशको तलब ८८ हजार ९५० रुपैयाँ
  • न्यायाधीशको तलब ७३ हजार ९५० रुपैयाँ
  • महान्यायाधिवक्ताको तलब ७३ हजार ९५० रुपैयाँ
  • न्याय परिषद्का सदस्यको तलब ७३ हजार ९५० रुपैयाँ
  • संवैधानिक निकायतर्फ प्रमुखको तलब ७० हजार १ सय ८० रुपैयाँ
  • संवैधानिक निकायतर्फ पदाधिकारीको तलब ६६ हजार ४ सय २० रुपैयाँ
  • उच्च तथा जिल्ला अदालततर्फ उच्च अदालतका मुख्य न्यायाधीशको तलब ७० हजार १ सय ८० रुपैयाँ
  • उच्च अदालतका न्यायाधीशको तलब ६६ हजार ४ सय २० रुपैयाँ
  • जिल्ला न्यायाधीशको ५६ हजार ४ सय ३० रुपैयाँ
  • राष्ट्रिय सूचना आयोगतर्फ प्रमुख सूचना आयुक्तको तलब ७० हजार १ सय ८० रुपैयाँ
  • सूचना आयुक्तको तलब ६६ हजार ४ सय २० रुपैयाँ
  • संघीय संसदतर्फ महासचिवको तलब ६७ हजार १ सय ४० रुपैयाँ
  • संघीय संसदतर्फ सचिवको तलब ६२ हजार ६ सय ८० रुपैयाँ

निजामती, सुरक्षा तथा शिक्षकहरुको बढेको तलब भने अर्थले यसअघि नै सार्वजनिक गरिसकेको थियो ।

सम्बन्धित खबरहरु