काठमाडौं । एमसीसीविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलन घोषणा गरेको छ । नेकपाले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको हो ।

मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

घोषित आन्दोलनको कार्यक्रममा बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका बेलुन उडाउने रहेका छन् ।

विप्लव नेतृत्वको नेकपाले सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्न षड्यन्त्र गरेको पनि आरोप लगाएको छ । एमसीसी पास गरेर राष्ट्रियतामाथि घात गर्न लागेको सो पार्टीले बताएको छ ।

वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने चेतावनी दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको भनिएको छ । हालै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले एमसीसी र भारतविरुद्ध प्रदर्शन गरेका थिए ।

जयसिंह धामीको न्याय माग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको थियो । त्यस बीचमा एक विज्ञप्ति जारी गर्दै सरकारले चेतावनी दिएको हो ।

सम्बन्धित खबरहरु