काठमाडौं । दार्चुला घटनालाई लिएर अहिले सरकारको चर्को विरोध भइरहेको छ ।

सरकारले दार्चुला घटनाको विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे प्रतिनिधिसभालाई जानकारी गराउने भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन भदौ २३ गते बुधबार दिउँसो ४ बजे बस्न लागेको छ ।

उक्त बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

सोही घटनाका विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे जानकारी दिन लागिएको हो ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सचेतक पुष्पा भुसालले सरकारे कुटनीतिक नोटबारे संसदलाई जानकारी गराउने बताउनुभयो ।

सरकारले दार्चुला घटनाबारे अध्ययन गर्न गठित समितिले तुइन दुर्घटना एसएसबीको उपस्थितिमा भएको प्रतिवेदन दिएको थियो ।

सो प्रतिवेदनको आधारमा सोमबार नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियो । नेपाली कांग्रेसले बुधबारको अधिवेशनमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको र नेपाली आकाशमा अनुमति विनै भारतीय हेलिकप्टर उडाइएको विषयमा आपत्ति जनाउँदै नेपालले भारतलाई दुई वटा छुट्टा–छुट्टै पत्र पठाएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका भनाइमा गृह मन्त्रालयले दुवै घटनाबारे जानकारी गराउँदै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेपछि परराष्ट्रले भारतलाई कूटनीतिक पत्र पठाएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासमार्फत ती पत्र पठाइएको बताइएको छ । परराष्ट्र मन्त्रालयले छुट्टा–छुट्टै मितिमा भारतलाई त्यस्ता पत्र पठाइएको पुष्टि गरेको छ ।

सम्बन्धित खबरहरु