काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरूलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिइएको म्याद मंगलबार सकिएको छ ।

एमालेका जनप्रतिनिधिहरुलाई माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिहरुलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गर्ने समय आज अपरान्ह ५ बजे सकिएको निर्वाचन आयोगले जनाएको छ ।

सबै जिल्लाहरुसँग समन्वय गरी सनाखतहरु प्रदेशको निर्वाचन कार्यालयमार्फत ल्याउन आयोगले निर्देशन दिएको छ तथापि, अनुकूलताका आधारमा पनि सनाखत बुझाउन सक्ने आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभएको छ ।

नयाँ दलमा सनाखतका लागि नागरिकता, मतदाता नामावली वा स्थानीय तहमा निर्वाचित प्रमाणपत्रको प्रतिलिपि लगायतका बुझाइएका कागजपत्रहरु ई–मेलमार्फत पनि पठाउन आयोगले अनुरोध गरेको वाग्लेले बताउनुभयो ।

सम्भवतः अबको पाँचदेखि ५ दिनभित्रमा सबै सनाखतहरु आयोगमा आइपुग्ने र त्यसको एक, दुई दिनभित्र आयोगले निर्णय सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु