काठमाडौं । चर्चित रंगकर्मी प्रकाश दाहाल सम्पर्कविहीन हुनु भएको छ । रंगकर्मी दाहाल बेपत्ता हुनु भएको हो । झापा घर भएका दाहाल तीन दिन अघिबाट सम्पर्कविहीन भएको जानकारी दिइएको छ ।

परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिइसकेको छ । इलाका प्रहरी कार्यालय, दमकका डीएसपी नवराज कार्कीका अनुसार उनको खोजीमा प्रहरी टोली परिचालन गरिएको छ ।

उहाँले कलिउडको चर्चित चलचित्र ‘पशुपति प्रसाद’ मा पनि अभियान गर्नुभएको छ । उहाँ पछिल्लो समय दमकको कदम थ्रिएटरसँग आबद्ध हुनुहुन्थ्यो । दाहालले नाटक ‘रुवा’ को निर्देशन र ‘लाटीको छोरो’लगायतमा अभिनय गर्नुभएको छ ।

दाहाल विर्तामोडमा ‘दाह्री भाइको चिया पसल’ नाममा व्यवसाय पनि सञ्चालन गर्दै आउनु भएको छ । उहाँलाई देख्ने जो कोहीले नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन सक्नुहुन्छ । साथै, ९८०४९९१४३७ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

सम्बन्धित खबरहरु