काठमाडौं । तालिबानले अफगानिस्तानमा आफ्नो इस्लामिक इमिरेट सरकारको घोषणा गरेको छ । नयाँ अफगान सरकारमा मुल्ला मोहम्मद हसन अखुण्डलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरिएको छ ।

जबकि, मुल्ला अब्दुल घनी बरादर कार्यवाहक उपप्रधानमन्त्री बनेका छन् । तालिबानका प्रवक्ताले सर्जुद्दीन हक्कानीलाई कार्यवाहक गृहमन्त्री नियुक्त गरेको बताएका छन् । मुल्ला मोहम्मद हसन अखुण्ड प्रधानमन्त्रीको दौडमा रहेको बारे दुई दिन पहिले चर्चा शुरू भएको थियो ।

मुल्ला मोहम्मद हसन हाल तालिबानको शक्तिशाली निर्णय गर्ने निकाय, रहबारी शूरा वा नेतृत्व परिषद्को प्रमुख छन् । तालिबानका संस्थापक सदस्य समेत रहेका मोहम्मद हसन तालिबानको जन्मस्थान कान्दाहारका हुन् । अहिले सार्वजनिक मन्त्रिपरिषद्मा एकजना पनि महिला सहभागि छैनन् ।

सम्बन्धित खबरहरु