काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो ।

अभिनेता कुमारले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । उनले आफ्ना प्रशंसकहरु र अनुयायीहरुसंग दुःखद खबर साझा गरेका छन् ।

उनले भनेका छन, ‘मेरी आमा अरुणा भाटिया शान्तिपूर्वक आज बिहान यो संसार छोडेर अर्को संसारमा मेरो बुबा संग पुनर्मिलन गर्नुभयो ।’ आमाको निधनले आफु सहन नसक्ने पीडामा भएको पनि उनले जानकारी दिएका छन् ।

आफ्नी आमाको स्वास्थ्य लाभको कामना गर्ने सबैलाई उनले धन्यवाद पनि दिएका छन् । अक्षय कुमारका बुबा हरि ओम भाटिया एक भारतीय सैनिक थिए । उनले केहि समयको लागी भारतीय सेनामा सेवा गरेका थिए ।

हरि ओम भाटिया प्रोस्टेट क्यान्सर संग संघर्ष गर्दा गर्दै सन् २००० मा यो संसारबाट विदा भएका थिए । अक्षय कुमारले आफ्नो बुबाको स्मृतिमा आफ्नो प्रोडक्शन हाउसको नाम ‘हरि ओम एन्टरटेनमेन्ट’ राखेका छन् ।

सम्बन्धित खबरहरु