काठमाडौं । दक्षिणी मेक्सिकोमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प यति शक्तिशाली थियो कि त्यसले मेक्सिको सिटीका भवनहरु हल्लायो ।

भूकम्पको परिमाण ७.४ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पविद्हरु र बासिन्दाहरुका अनुसार दक्षिणी मेक्सिकोको एकापुल्कोमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

मानविय क्षति भएको अपूर्ण रिपोर्ट गरिएको छ तर, विवरण अझै आइसकेको छैन । मेक्सिकोको गुरेरोमा ७.४ म्याग्निच्युडको भूकम्पपछि सुनामीको खतरा रहेको अमेरिकी सुनामी चेतावनी प्रणालीले जानकारी दिएको छ ।

यसअघि अमेरिकी भूवैज्ञानिक सर्वेक्षण केन्द्रले भुकम्पको प्रारम्भिक परिमाण ७ रिक्टर स्केल दिएको थियो, जुन ७.४ भन्दा कम थियो । यो सतह बाट लगभग १२ किलोमिटर तलबाट गएको जनाइएको छ ।

क्षति वा हताहतको पूर्ण जानकारी छैन, तर भूकम्पको धक्का मेक्सिको सिटीसम्म महसुस गरिएको थियो । त्यहाँ बिजुली कटौती र ग्यास चुहावट भएको पनि बताइएको छ ।

यसअघि जुन २०२० मा मेक्सिकोमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो, जसमा धेरै मानिसहरुले आफ्नो ज्यान गुमाएका थिए । साथै, ३० भन्दा बढी भवनहरु क्षतिग्रस्त भएका थिए ।

त्यस भूकम्पको परिमाण रिक्टर स्केल मा ७.४ रिक्टर स्केलमा मापन गरिएको थियो । एक बर्ष पछि फेरी ७.४ रेक्टर स्केलको भूकम्पको कारण जनतामा भयको वातावरण बनेको छ ।

पृथ्वी धेरै तहहरु मा विभाजित छ, त्यहाँ जमीन अन्तर्गत प्लेटहरु को धेरै प्रकार छन् । यी प्लेटहरु एकसाथ अड्किएका छन्, तर कहिले काहिँ यी प्लेटहरु परिवर्तन हुन्छन्, जसकारण भूकम्प आउँछ ।

सम्बन्धित खबरहरु