काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको हा ।

परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र र २०७८ साल वैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह भूगर्भशास्त्र विषय प्रथम बर्ष प्रथम शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको छ । ’

साथै त्रिविले लब्धाङ्कपत्र सम्बन्धित केन्द्रीय विभागबाट प्राप्त हुने जानकारी दिएको छ ।

परीक्षाफल सकेसम्म त्रुटिरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको भन्दै छपाईं तथा अन्य कुनै कारणबाट त्रुटि देखिए कार्यालयको मुल अभिलेख अनुसार सच्याइने त्रिविले अवगत गराएको छ ।

त्रिविले स्नातकोत्तर तह माइक्रोबायोलोजी विषय प्रथम वर्ष दोस्रो शत्र २०७५ समुहको पुनर्योगको नतिजा पनि प्रकाशित गरेको छ ।

सम्बन्धित खबरहरु