काठमाडौं । अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । उनी आमा बनेकी हुन् ।

काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा शल्यक्रियापछि जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको छ ।

उनले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएको अस्पतालले जानकारी दिएको छ । नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले यसबारे जानकारी दिनु भएको हो ।

उहाँका अनुसार आमा–छोरा दुबैको स्वास्थ्य सामान्य रहेको छ । ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गर्नुभएको थियो ।

भिसा गर्ल, टलकजंग भर्सेस टुल्के, उमाजस्ता चलचित्रमा अभिनय गरेकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन् ।

चिकित्सकको सल्लाह अनुसार कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी छिन् ।

सम्बन्धित खबरहरु