काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखा कीर्तिपुर काठमाडौंले परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको हो । त्रिविले बीएड तह छैटौं सेमेष्टर र बीएड तह चौथो सेमेष्टरको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘यस सङ्कायअन्तर्गत सेमेष्टर प्रणालीमा आधारित बीएड तह छैटौं सेमेस्टरको २०७८ सालमा हुने (नियमित तथा आंशिक) परीक्षार्थीहरूको परीक्षा निम्नलिखित तालिकाअनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
अर्को सूचनामा भनिएको छ, ‘यस सङ्कायअन्तर्गत सेमेष्टर प्रणालीमा आधारित बीएड तह चौथो सेमेस्टरको २०७७ सालमा सञ्चालन हुनुपर्ने (नियमित तथा आंशिक) परीक्षार्थीहरूको परीक्षा निम्नलिखित तालिकाअनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’