काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिविले परीक्षाकेन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखा बल्खुले परीक्षाकेन्द्र सम्बन्धी सूचना जारी गरेको छ ।

स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय चौथो वर्ष आठौं सत्र २०७३ समुहको परीक्षाकेन्द्र प्रकाशित गरिएको हो ।

परीक्षाकेन्द्र प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुबाट सेमेस्टर परीक्षा प्रणाली अनुसार सञ्चालन गरिने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय चौथो वर्ष आठौं सत्र २०७३ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षार्थीहरूको मिति २०७८ भदौ ३१ गतेदेखि सञ्चालन हुने परीक्षाको परीक्षा केन्द्र निम्न अनुसारको तोकिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु