काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिविले परीक्षाकेन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखा बल्खुले परीक्षाकेन्द्र सम्बन्धी सूचना जारी गरेको छ ।

स्नातकोत्तर तह भौतिक शास्त्र विषय दोस्रो वर्ष तेश्रो शत्र २०७५ समुहको परीक्षाकेन्द्र प्रकाशित गरिएको हो ।

परीक्षाकेन्द्र प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुबाट सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार मिति २०७८।०५।३१ गतेदेखि सञ्चालन गरिने स्नातकोत्तर तह भौतिक शास्त्र विषय दोस्रो वर्ष तेश्रो शत्र २०७५ समुहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्न अनुसारको तोकिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु