काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताउनु भएको छ ।

आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको जानकारी दिनु भएको हो ।

नेपालमा अहिले चलिरहेको सत्ता गठबन्धन तोड्ने षडयन्त्र देशभित्रबाट पनि देश बाहिरबाट भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

यथास्थितिमा एमसीसी पास नहुने पनि उहाँको तर्क रहेको छ । देशलाई क्षति नहुने ढंगले सकेसम्म गठबन्धनलाई बचाएर, एमसीसीको पनि समाधान सकारात्मक ढंगले खोज्ने काम जारी रहेको उहाँको भनाई थियो ।

सम्बन्धित खबरहरु