काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्न नदिने धम्की दिएको छ ।

आफ्नो पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसद उपस्थित भए बैठक चल्न नदिने एमालेले बताएको हो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे बस्दैछ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन भनेर हेर्ने बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका सांसद उपस्थित भए बैठक नै सुरु हुन नसक्ने ओलीको भनाई थियो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न नसक्ने स्पष्ट पानूभयो ।

नेकपा एमालेले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरु उपस्थित भए आफुहरु कसरी सहभागी हुन मिल्छ भनेर ओलीले प्रश्न पनि गर्नुभयो ।

यदि गैर सांसदको उपस्थिति भयो भने कुनै पनि हालतमा सदन प्रारम्भ हुन नदिने उहाँको चेतावनी थियो ।

सम्बन्धित खबरहरु