काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तत्काल कुनै धारणा नबनाउने भएको छ ।

संसदीय दलको बुधबार बसेको बैठकमा एमाले सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीबारे पार्टीको धारणा माग्नु भएको थियो ।

जनताले ‘नो एमसीसी’ भनेको भन्दै धेरै सांसदले त्यसविपरीत जान नहुने बताउनु भएको हो ।

जवाफमा अध्यक्ष एवं संसदीय दलका नेता ओलीले यसबारे धारणा बनाउन हतार गर्न जरुरी नभएको जिकिर गर्नुभयो ।

एमसीसीबारे बुद्धिजिवी र दलहरुको मत पनि सुन्ने र डकुमेन्टहरु पनि अध्ययन गर्ने उहाँको भनाई थियो ।

सम्झौता नेकपा एमालेको सरकारले नगरेको पनि उहाँले जानकारी गराउनुभयो । अध्यक्ष ओलीका अनुसार पास गर्ने जिम्मा पनि एमालेका काँधमा छैन् ।

प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गरेर धारणा बनाउने बताउनुभयो । ओलीले देश र जनताको हित र कहिलेकाहिं आम जनताको एउटा धारणा हुन्छ, त्यसविरुद्ध एमाले नजाने पनि प्रष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु