काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरुद्ध प्रतिनिधिसभामा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिनु भएको छ ।

नेकपा एमालेले आफ्ने पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोग गरेको भन्दै विरोध गरेका हुन् ।

एमाले सांसदहरुले संसद बैठकमा रोष्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को उपनियम (ख) र (ग) अध्ययन गर्न एमाले सांसदहरुलाई चेतावनी दिनुभएको हो ।

बैठक अवरुद्ध गर्ने उद्देश्यसाथ एमाले सांसदहरुले नाराबाजी चर्काउनुभएपछि उहाँले पटक पटक सांसदहरुलाई आग्रह गर्दै सो नियम पढ्न निर्देशन गर्नुभयो । तर एमाले सांसदहरुले सो निर्देशनको वेवास्ता गर्दै नाराबाजी जारी राख्नुभयो ।

सभामुख सापकोटाले निर्देश गर्नुभएको सो नियमको उपनियममा भएको व्यवस्था अनुसार सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्न पाइन्छ ।

दोश्रो सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न पाइदैन ।

त्यस्तै सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न मिल्दैन् ।

सम्बन्धित खबरहरु