काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टाभित्र ५६८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जना सङ्क्रमित पहिचान भएको छ ।

काठमाडौंमा उपत्यकामा हाल सात हजार १८९ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ ।

यस्तै, नेपालभर नेपालमा कोरोनाभाइरसका एक हजार ३४७ जना सङ्क्रमित थपिएका छन् ।

गएको २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.७८ प्रतिशत छ ।

मन्त्रालयले गएको २४ घण्टामा दुई हजार १७१ जना कोरोनामुक्त भएको जनाएको छ ।

गएको २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८८९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबरहरु