काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सङ्घीय संसद् चलाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुुधबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो विचार राख्नुुभएको हो ।

बैठकमा उहाँले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्ता गठबन्धनका नेताहरूलाई आग्रह गर्नुभयो ।

सदनमा अति आवश्यक विधेयक विचाराधीन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकतामा प्रधानमन्त्रीको जोड छ ।

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङका अनुसार सङ्घीय संसद्को बैठक बस्नुुअघि सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न बैठक बसेको थियो ।

सम्बन्धित खबरहरु